दफा २५
नियम तथा विनियम बनाउने अधिकार
(१) यस ऐनको उद्देश्य पूरा गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।
(२) समितिले यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही आफ्नो आन्तरिक कार्य सञ्चालन, अचल सम्पत्ति सम्भार एवं संरक्षण तथा आर्थिक प्रशासनका सम्बन्धमा आवश्यक विनियमहरु बनाउन सक्नेछ ।